समाचार

बझाङमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु, चारको अबस्था गम्भीर

बझाङ । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा परी घायते भएका ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ ।जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको १३ जना सवार जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेको सनाखत हुन नसकेको बताइएको छ । जीप भिरमा अड्किएको छ ।उद्धारका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी घटनास्थलतर्फ गएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker