हेडलाईन

सरकारले हचुवाको भरमा ल्याएको गुठी विधेयकको चौतर्फी विरोध, २५ प्लस समूहले मुखै फोरेर भन्यो ‘मनपरी नगर’

काठमाडौँ । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गइरहेका बेला २५ प्लस समूहले सरकारले सरोकारवालासँग कुनै सर सल्लाह नै नगरी गुठी बिधेयक ल्याएको बताएको छ । २५ प्लस समूहका संयोजक आदित्यमान श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तिमा प्रस्ताविक विधेयकको पक्षमा सरकारको प्रवक्ताबाट प्रभावित अपमान जन्य शब्द प्रयोग गरिएको ससूचनाले जनमानसमा सकारात्मक सन्देश दिन नसकेको कुरालाई मुख्य रुपमा उठाइएको छ । सरकारले सरोकारवाला पक्षसँग कुनै रचनात्मक छलफल नै नगरी हचुवाको भरमा ल्याएको बिधेयकले सरोकारवालाहरुको भावनामा समेत ठेस लागेको विज्ञप्तिामा उल्लेख छ ।

साथै नेपालको धर्म, भूगोल र राष्ट्रिय पहिचान एवं नेपालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा खलल् पुर्याउने काम भएको २५ प्लस समूहको निष्कर्ष रहेको छ । यसैबिच राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्था र पुर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनीसमेत दिन दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker