हेडलाईन
यसकारण भयो मनसुन भित्रिन ढिला
काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही दिनदेखि पश्चिमी वायुको प्रभाव देशभर परेकाले केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने भएकाले मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने गर्छ । पश्चिमी वायुको प्रभावकै कारण यो वर्ष मनसुन भित्रिन ढिला भएको छ ।