अर्थ खबर
आज सामान्य घट्यो सुनको भाउ
काठमाडौं । आज मंगलबार सुनको भाउ ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ।
आज सुनको मूल्य एक सयले घटेर ६३ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार सुनको मुल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाउको छ ।