मनाेरञ्जन

राजेश हमालले छाडेपछि ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ र सुनिल थापाले अभिनय गर्ने पक्का !

काठमाडौं – सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ र सुनिल थापाले अभिनय गर्ने भएका छन् । अभिनय र एक्सनले भरिपुर्ण नायक शिव श्रेष्ठलाई चर्चित नायक प्रदीप खड्काको बाबाको भूमिकामा देख्न सकिने बताइएको छ ।

उनलाई फेरि एकपटक नेपाली दर्शकले ‘एंग्रीम्यान’ को रूपमा देख्न सक्ने सेनको भनाइ छ । शिव श्रेष्ठसँगै ‘चिनो’ र ‘ठुल्दाइ’ जस्ता सुपरहिट चलचित्रमा देखिएका सुनिल थापा पनि प्रेमगीत ३ मा सशक्त भूमिकामा देखा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker