मनाेरञ्जन

काजल अग्रवालको आज जन्मदिन, मगधिराबाट बदलिएको थियो उनको भाग्य

एजेन्सी । सिंघम फिल्मबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका काजल अग्रवालको आज जन्म दिन परेको छ । उनले १९ जुनमा आफ्नो जन्मदिन आफन्त साथिभाई हरु सँग मनाएकी छिन् । काजल बलिउडमा त्यति जम्न नसके पनि सामाजिक सँजालमा उतिकै सक्रिय रहेकी छिन् । अजय देवगणसँग बलिउडमा सँगै काम गरेकी काजलका हरेक फिल्म सफल भएका छन् । फिल्म सिंघमपछि काजलले खासै गतिलो फिल्म पाइनन् ।

यद्यपि अहिले पनि उनी साउथ फिल्म उद्योगमा भने जमिरहेकी छिन् ।अहिले काजलसँग तीन करोडभन्दा बढी भारु पर्ने गाडी नै तीनवटा छन् ।फिल्मी यात्रा सुरु गर्नुअघि पहिला उनी विज्ञापनमा काम गर्थिन् ।नयाँ पत्रिकामा खबर छ । काजलको करिअरको सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ । यो राजामौलीको फिल्म हो । जसले धेरै रेकर्ड तोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker