हेडलाईन

ओली सरकारलाई अर्को झड्का ! गुठी विधेयकविरुद्धको प्रदर्शनमा उर्लियो जनसागर, ट्राफिक अस्तब्यस्त

काठमाण्डौ – सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गर्नुभएको थियो ।

उहाँले सो विधेयकलाई लिएर जनसमुदायमा भ्रम उत्पन्न गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिनुभएको थियो । यसैबिच गुठी विधेयकविरुद्ध गरिएको खबरदारी सभाका कारण काठमाण्डौको सवारी आवगमन नै प्रभावित बन्न पुगेको छ ।

ट्राफिक प्रहरीले पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पद्मोदय मेडबाट डाइभर्सन गरिएको छ भने भद्रकालीबाट आउने सवारी साधानलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ । पुतली सडक, सिंहदरबार हुँदै चल्ने सवारी सधानलाई न्यु प्लाजाबाट अनामनगर, थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ । सिंहदरबार पूवीगेटबाट आउने सवारी साधानलाई नयाँ बानेश्वर, कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करिडोर र त्रिपुरेश्वरबाट आउने सवारीसाधानलाई कालिमाटीतर्फ पठाइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker