नागरिकको यो कहालिलाग्दो अनिश्चितता, अस्थिरताले मुलुक आक्रान्त छ, त्यसैले जन आक्रोशले गणतन्त्र ढल्ने संकेत स्पष्ट देखिन्छ- नेता रायमाझी
काठमाडौँ-पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले यो गणतान्त्रिक शत्ता ढल्ने संकेत देखिएको बताउनु भएको छ ।उहाले सत्ताले यो जनघाती बिधेयक फिर्ता लिने मात्र होइन खारेजी नै गर्नु पर्ने माग गर्नुभएको हो ।
सम्पुर्ण देशभर सबैखाले गुठीको अध्ययन, अनुसन्धान र जाँचबुझ गरि सर्वसाधारण समक्ष बस्तुस्थिति राख्नु पर्ने र सम्पदा, संस्कृति, पुरातत्व विज्ञ र सरोकारवाला गुठियार समेतको सघन छलफल र परामर्श गरेर मात्र गुठि ब्यबस्था गर्नु पर्ने उहाले बताउनु भयो ।
सत्ताको नियत र कर्तुत सांघातिक देखिएको र मुलुकमा घृणा र वैमनस्यता फैलाएकोले आम सर्वसाधारण यो गणतान्त्रिक शत्ता संग बितृष्णा देखिन्छ ।तसर्थ नागरिकको यो कहालिलाग्दो अनिश्चितता, अस्थिरता ले मुलुक आक्रान्त छ। त्यसैले यो जन आक्रोशले गणतन्त्र ढल्ने संकेत स्पष्ट देखिन्छ रायमाझीले भने ।