समाज

सुनकोशीमा माछा मार्न गएका देवकुमार र प्रविन बेपता

उदयपुर – माछा मार्न सुनकोशी नदीमा गएका उदयपुर लिम्चुङबुङ गाउँपालिकाका दुई विद्यार्थी बेपत्ता भएका छन् ।उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएका हुन् ।

वडाध्यक्ष भिमबहादुर राइका अनुसार बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको छ ।देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker