समाचार

प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका सामग्री, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यही असार १ गतेदेखि सप्ताहव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानसेनापति थापा असार ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker