अर्थ खबर
एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाए अनुसार आज छापावाल सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक्कासी एक हजारले बढेर ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ह्वाततै बढेको छ । आज तेजावी सुन प्रतितोला ६३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाउको छ ।आज सुनको भाउसँगै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो।