हेडलाईन
काठमाडौंको गोकर्णमा यात्रुबाहक पल्टियो : १ को मृत्यु, २० घाइते
काठमाण्डौ – काठमाडौंको गोकर्णमा यात्रुबाहक बस पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन् । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ दुर्घटनाग्रस्त बन्दा यो विभत्स अवस्था आइपरेको प्रहरीले जनाएको छ ।
दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरीका अनुसार बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दुर्घटनामा घाइते भएका २० जना यात्रुलाई तत्कालै उपाचारका लागी अस्पताल पुर्याइएको छ । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।