अन्तर्राष्ट्रिय

बिबाह सकेर फर्किरहेका २९ यात्रु बोकेको सवारी साधन नहरमा खस्यो : सात बालबालिका बेपत्ता, २२ जनाको उद्धार

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् ।

स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ ।उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो ।

बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको हो । ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भए लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए । दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker