हेडलाईन

तरकारी बोकेको जीप धादिङमा पल्टिँदा ४ को मृत्यु, १० घाइते

धादिङ । तरकारी बोकेको जीप धादिङमा दुर्घटनाग्रस्त बन्दा ४ जनाको मृत्यु भएको छ । जीप सडकबाट २० मिटर तल खस्दा १० जना घाइते भएको प्रहरीले जनाएको छ । घटना धादिङको गल्छी गाउँपालिका ६ को बाझगाउँमा घटेको हो ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पताल र गम्भीर घाइतेहरुलाई भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको एवं मृतक र घाइतेको सनाखत हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker