राजनीति

‘देशको आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाई नाप्ने काम भयो’

काठमाडौँ-प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशको आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाई नाप्ने काम भएको बताएकी छिन् । मन्त्री अर्यालले मुक्त कमैया र हलियाको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र उनीहरुको आय आर्जन हुने तथा रोजगारी प्रदानका लागि आगामी आ।ब।मा कार्यक्रमहरु सञ्चालन हुुने पनि बताइन् ।

सार्वजनिक तथा गुठी जग्गाहरुमाथिको अतिक्रमण हटाई उक्त जग्गाहरुको संरक्षण सम्बद्र्धन र विकास गर्न उच्च्स्तरीय आयोग गठन गरि काम अगाडि बढिरहेको जानकारी दिंदै मन्त्री अर्यालले जग्गा प्रशासन व्यवस्थालाई पारदर्शी बनाउन आधुनिक जग्गा प्रशासन, पारदर्शिता र सुशासन भन्ने नाराका साथ इन्टरनेट मार्फत काम हुने व्यवस्था मिलाइएकाले अब देशभरका मालपोत कार्यालयमा अनलाई सेवा विस्तार गरिने समेत बताइन् ।

उनले परम्परागत धर्म र संस्कृतिको रक्षा गर्न सरकारले सधैं विशेष प्राथमिकता राखेको भन्दै गुठिको मर्ममा ठेस नपु¥याउने र सार्वजनिक हित कायम गर्ने गरि सरकार अघि बढ्ने पनि मन्त्री अर्यालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker