अर्थ खबर

आज बढ्यो सबै देशको विनिमयदर

काठमाडौं । गत शुक्रबारको तुलनामा आज आइतबार प्राय सबै देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैकंले तोकेको आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ५९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८९ पैसा रहेको छ। बहराईन दिनार २९४ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३६७ रुपैयाँ ४३ पैसा रहेको छ ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४१ पैसा र बिक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker