गीत संगीत

अञ्जली अधिकारीको अर्को भाइरल भिडियो एक लाखले हेरे, तपाईले छुटाउनुभयो की ?

काठमाडौं । सुन्दरी मोडल अञ्जली अधिकारी पछिल्लो समयकी ब्यस्त मोडल हुन् । बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै अञ्जलीको दैनिकी फेरीएको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा पनि अभिनय गरेर वाहवाही बटुलेकी यि सुन्दरीले अभिनय गरेको अर्को म्यूजिक भिडियो अक्सर छाता छुट्ने गर्छ रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक भीम श्रेष्ठले बताए ।

भीम श्रेष्ठको समधुर स्वरमा सजिएको रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द शृजना समावेश छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत रहेको छ । सैलेन्द्रमान प्रधानको एरेन्ज रहेको गीतमा सुन्दरी अञ्जलीलाई प्रदीप लामाले अभिनयमा साथ दिएका छन् । भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker