काठमाडौँ । पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथजीलाई धन्यवाद दिनु भएको छ ।हालै लखनउमा नेपाली पत्रकारहरु संगको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री योगीले सम्पुर्ण भारतका एकसयकरोड हिन्दु धर्मावलम्बीहरु नेपाल हिन्दु राष्ट्र रहेको हेर्न चाहेको बताउनु भएको छ। नेपाल हिन्दु अधिराज्य भएमा विश्वकै डेढअरव हिन्दूको धार्मिक आस्थाका केन्द्र हुने र नेपालको छुट्टै पहिचान र अस्तित्व अनि स्वाभिमान सदा सर्वदा रहने छ।धार्मीक पर्यटन र हिन्दुत्वको आदर्शले नेपाल सुखी र समृद्ध हुने बिश्वास पनि उहाँले लिनुभयो।
उक्त सन्देश आएपछि पुनरुत्थानवादी शक्ति नेपालका प्रवक्ता शरद मिश्रले प्रमुखनेता रायमाझी तथा सम्पुर्ण पुनरुत्थानवादी शक्ति नेपालका तर्फबाट धन्यवाद दिनुभयो । पुनरुत्थानवादी शक्ति नेपाल इतिहास, सम्पदा सभ्यता धर्मसंस्कृति , स्वाभिमानमा गौरव गर्ने नेपाल राष्ट्रनिर्माणको मुल शक्ति भएको र सर्वजन हितायको मुलमन्त्र अपनाइरहेको समेत उहाँले बताउनुभयो ।