गीत संगीत

गायिका अञ्जु पन्तको आज जन्मदिन, यसरी मनाउँदैछिन् ४२ औँ जन्मदिन

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको आज जन्मदिन हो । न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बाट थुप्रै अवार्ड हात पारेकी उनको जन्म सन् १९७७ जुन २५ तारिखका दिन उनको जन्म तेह्रथुममा भएको हो । यस आधारमा अञ्जु पन्त आज आफ्नो ४२औं जन्मदिन मनाउँदैछिन् । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अञ्जुले पहिलोपटक चलचित्र ‘बगर’ बाट आफ्नो पाश्र्व गायन यात्रा सुरु गरेकी हुन् । अहिलेसम्म उनले सय बढी नेपाली सिनेमामा आफ्नो स्वर दिइसकेकी छन् ।

त्यसअघि नै उनले आधुनिक नेपाली गीत प्रतियोगितामा प्रथम पुरस्कार पुरस्कार प्राप्त गरेकी थिइन् । आधुनिक गीत गायन प्रतियोगिताकै क्रममा उनको भेट गायक मनोजराज शिवाकोटीसँग भएको थियो । दुवैले सन् २००२ मा बिहे गरे । दुवैबाट एक छोरी छन् । अहिले अञ्जु र मनोज अलग अलग बस्छन् । दुवैको सम्बन्ध विच्छेद भइसकेको छ । जन्मदिनमा अञ्जुलाई धेरै शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker