खेलकुद

इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले निकाल्यो शानदार जित, अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी । घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । गएराती सम्पनन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन जोडेसँगै उसले घरेलु टोली बिरुद्ध शानदार जित दर्ता गर्न सफल भएको हो । शानदार सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्रा आर्चर, मार्क उड र बेन स्टोक्सले एक(एक विकेट लिए । जवाफी ब्याटिगं गरेको घरेलु टोलीको सुरुवात नै खराब भएपछि उसलाई कडा धक्का लाग्यो । इंग्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट हुँदै इंग्ल्याण्डले ५३ रनमा चार विकेट गुमायो ।

उसका ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् भने जोनी बेयरस्टो २७ रनमा आउट भए । यस्तै जोय रुटले आठ तथा कप्तान ओयन मोर्गन मात्र चार रनमा पेभेलियन फर्किएपछि धरमराएको खेलमा इंग्ल्याण्ड नमजाले पराजि हुन पुग्यो ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker