हेडलाईन

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु: ४ घाइते, चालकले फदालेर ज्यान जोेगाए

काठमाडौँ । अछाममा ट्याक्टर दुर्घटना तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भउका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नं।२ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका९३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो।

यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका ९३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको दुर्घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए।

लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker