आज बिहीबार प्राय सबै देशको मूल्य घट्यो
काठमाडौं । आज बिहीबार प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । नेपाल राष्ट्रबैकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसारआज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २९५ पैसा रहेको छ। बहराईन दिनार २९२ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर २९४ रुपैयाँ २९ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ र बिक्रिदर १४० रुपैयाँ ७२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६१ पैसा, बिक्रिदर २६ रुपैयाँ ७५ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६३ रुपैयाँ ८९७६ पैसा छ भने बिक्रिदर ३६५ रुपैयाँ ७४ पैसा रहेको छ ।