गीत संगीत

बालिकाको गीत, बालिकाकै स्वर : सुन्दर बालगीत मेरी बहिनीको भिडियो युट्युबमा

काठमाडौँ । नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षीया आयुष्मा तिवारीको बालगीत मेरी बहिनीको भिडियो सार्वजनिक भएको छ । प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ । पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र विदेशी गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो ।

यसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बालस्वभाव, सृजनशीलतालगायतका आनीबानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको छ । मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियो साना साना नानीहरुलाई लक्षित गरेर निर्माण गरिएको आयुष्माले बताइन् । अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसँगै यो बालबालिकाका लागि प्रेरक रहेको प्रतिक्रियाहरु हुनथालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker