हेडलाईन

युवतीमाथि सिरिन्ज आक्रमणको अभियोगमा एक जना पक्राउ, पक्राउ परेकाले भने ‘रमाइलोका लागी सिरिन्ज नभई किलाले प्रहार गरेको हु’

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गर्न सफल भएको हो ।तर कार्कीले सिरिन्जले आक्रमण नगरी रमाइलनेको लागी युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बताएका छन् ।

उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको हो । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।केही दिनअघि काठमाण्डौका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जुन युवतीहरु अहिले उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker