मनाेरञ्जन

१७ वर्षमै ‘हिट’ भएकी करिश्मा वेव सिरिजबाट पुनः अभिनयमा फर्किँदै !

मुम्बई । बलिउडमा अभिनेत्री करिश्मा कपुर एकताका निकै चर्चित पात्रका रुपमा परिचित थिइन् । खासमा बलिउडमा पृथ्वीराज कपुरको परिवारले उनी यता निरन्तर योगदान दिँदै आएको छ । पृथ्वीराजको खानदानले बलिउडका लागि निकै महत्वपूर्ण योगदान समेत दिएको छ । उनको कपुर खानदानबाट एक से एक सुपरस्टार बलिउडले पाएको छ । तर, कपुर खानदानमा छोरी र बुहारीलाई सिनेमामा काम गर्न बन्देज थियो । त्यसैकारण आफ्नो जमानाका चर्चित अभिनेत्री नितु कपुर र बबिता कपुरले विवाहपछि यसक्षेत्रबाट बिदा लिए ।

छोरीलाई समेत चलचित्रमा आउन त्यसअघि नै वर्जित जस्तै थियो । तर, यो सिलसिलालाई अभिनेत्री करिश्मा कपुरले तोडिन् र जवरजस्त रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको यस निर्णयमा आमा बबिताको साथ थियो भने पिता रणधीर कपुरको असन्तुष्टि । उनी आफ्नो बाबुका कारण यस क्षेत्रमा रोकिइनन्, अगाडि बढिन् र आफूलाई अब्बल रुपमा प्रस्तुत हुँदै कपुर खानदानका छोरीहरू छोराभन्दा कम छैनन् भन्ने प्रमाणित गर्न सफल भइन् ।

करिश्माको विद्रोहले उनकी बहिनी करिनालाई समेत यस क्षेत्रमा प्रवेश गर्ने बाटो खुल्ला गर्यो । यी दुवै दिदीबहिनी बलिउडमा अभिनेत्रीको चर्चा हुँदा आज नछुट्ने नाम भइसकेका छन् ।यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अभिनेत्री करिश्माको जन्म २५ जुन सन् १९७४ मा मुम्बईमा भएको थियो । उनी १७ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी थिइन् । उनका बाबु रणधीर र आमा बबिताको खटपटले परिवार छुट्टिएपछि करिश्मा आफ्नो पारिवारिक परम्परा तोड्दै चलचित्र क्षेत्रमा जवरजस्ती आएकी थिइन् । चलचित्र क्षेत्रमा आउँदा उनलाई आमा बबिताले निकै बलियो साथ दिइन् ।

उनले सन् १९९१ मा पारिवारिक जिम्मेवारी आफूले लिँदै ‘प्रेम कैदी’ बाट हरिश कुमारको जोडी बनेर चलचित्रमा पहिलो पाइला चालिन् । चलचित्रले खासै चर्चा कमाउन नसके पनि उनले कपुर खानदानकी पहिलो अभिनेत्री छोरीका रूपमा भने राम्रो चर्चा पाइन् । त्यसपछि बलिउडमा ९० दशकमा करिश्माको राज चल्यो ।

करिश्माले आफ्नो करिअरमा दर्जनौं सुपरहिट चलचित्रमा काम गरेकी छन् । उनले अभिनय गरेका चलचित्र ‘राजा हिन्दुस्तानी’, ‘कुली नम्बर १’, अनारी’, ‘दिल तो पागल हे’, ‘बिबी नम्बर वान’, ‘हिरो नम्बर वान’, ‘हम साथ साथ है’ लगायत निकै चर्चित बने । भर्खरै ४५ औं वसन्त पार गरेकी उनमा यस उमेरमा पनि सुन्दरतामा कुनै कमी आएको छैन । फिटनेसमा खास समय दिने करिश्माको आज सिनेमामा त्यत्ति सक्रियता नभए पनि सात वर्षपछि उनी एकता कपुरको वेव सिरिजबाट पुनः अभिनयमा फर्किने तयारीमा जुटेकी छन् ।

अभिषेक बच्चनसँगको लामो प्रेम प्रसंग विवाहको नजिक पुगेर टुंगिएपछि करिश्माले व्यवसायी संजय कपुरसँग विवाह गरिन् । उनीहरुबाट दुई छोराको जन्म भएको छ । हाल यो जोडीले सम्बन्धविच्छेद गरी अलग अलग बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker