समाचार

बेरोजगार युवालाई लक्षित गरी एक घर एक रोजगार कार्यक्रम

तनहुँको आँवुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार कार्यक्रम’ ल्याएको छ । बेरोजगार युवालाई लक्षित गरी उमेर समूहमा आधारित प्रशिक्षणका साथै सीपमूलक तालीम प्रदान गर्ने गरी एक घर एक रोजगार कार्यक्रम ल्याएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरी गाउँपालिकाभित्रका व्यक्तिहरुलाई रोजगार प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । हरेक वडामा एक स्वास्थ्य संस्था स्थापना गरिने योजना रहेको छ उहाँले भन्नुभयो ।

विपन्न नागरिक र असाध्य रोगको बिरामीहरुलाई निःशुल्क सिफारिस र केही मात्रामा आर्थिक सहयोग गरिने र जनतालाई स्वास्थ्यको पहुँचका लागि एम्बुलेन्सको व्यवस्थापन मिलाइएको अध्यक्ष थापाले बताउनुभयो । तीन वर्षभित्र सम्पूर्ण घर परिवारमा स्वच्छ खानेपानी पु¥याउन एक घर एक धारा जडानलाई प्राथमिकता दिइएको छ ।

आदिवासी जनजाति, दलित, लोपोन्मुख जातिका भाषा धर्म र सांस्कृतिक संरक्षण, मौलिक संस्कृतिको प्रवद्र्धनमा जोड दिँदै बाल उद्यान, बाल सूचना केन्द्र स्थापना, बालबालिकामैत्री खेलकूद तथा पार्क स्थापना, अन्तरपुस्ता सीप हस्तान्तरण, क्षमता विकास तथा सीप विकासलाई प्राथमिकतामा रहेका छन् ।

फरक क्षमता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, समतामूलक समाज निर्माण र सरकारले अवलम्बन गरेका सामावेशी विकासलाई प्रवद्र्धन गर्दै अपाङ्ग परिचयपत्र घरघरमा पु¥याउने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनुभयो ।

आँवुखैरेनी गाउँपालिकाका सम्पूर्ण वडामा सहज सडक पहुँच तथा वडा कार्यालय जोड्ने पक्की सडक सञ्जाल निर्माणका लागि प्रक्रिया अघि बढाइने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै सडकको मापदण्ड तथा आँवुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा झलुङ्गे पुलको निर्माण कार्य अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker