हेडलाईन

जम्काभेट भएपछि विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ । समाचारमा जनाइए अनुसार गोली हानाहान भएपछि दुबै पक्षतर्फ कुनै क्षति नभएको जनाइएको छ ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए । घटना पछि अहिले त्यहा प्रहरीले गस्ती चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker