अर्थ खबर
साझा यातायातले काठमाडौं उपत्यकामा थप्यो २० वटा बस, कहाँ कहाँ चल्छ ?
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका लागि २० वटा बस थपेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि साझाले काठमाडौँ उपत्यकाको तीन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई लक्षित गरि २०वटा बस थपेको जानकारी दिएको हो ।
सोमबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरेको सो बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ। साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीलाई १० वटा रुटमा चलाउने भएको छ।
साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ, लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुँदै दक्षिणकाली सम्म साझाका बसले सेवा दिनेछन्। साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ।