पत्रपत्रिका

असारे विकास : दैनिक साढे ४ अर्ब खर्च

काठमाडौं : ऐन र संसदीय समितिको निर्देशनविपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ। असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ।

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्चिने प्रवृत्ति रोक्य यसै वर्ष संसदको अर्थसमितिले अन्तिम महिनामा कुल बजेटको १० पतिशतभन्दा बढी खर्च गनै नयाइने व्यवस्था गरेको छ।

तर १५ दिनमै बजेटको ५ दशमलब २१ प्रतिशत खर्च भईसकेकोले समितिको नर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उलंघन गर्ने निश्चित भएको खबर कान्तिपुर दैनिकमा छ। असार १ गते २ अर्ब ५९ करोड ३४ लख खर्च भएका थियो। असार सकिन लाग्दा खर्चको आकार झनभल बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker