हेडलाईन

काबुलमा शक्तीशाली विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा ३४ भन्दा बढी व्यक्तिको ज्यान गएको छ । विस्फोटमा परी ६८ जना घाइते भएको समचारमा जनाइएको छ ।म्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र यही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारी उक्त स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।सुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको अन्तर्राष्ट्रिय समाचारमा जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker