समाचारसमाज

स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker