अर्थ खबर
आज पाँच सयले बढ्यो मूल्य,
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
हिजो सुन ६४ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै गरी आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ।