राजनीति

नासु सरुवा गराउँन ३२ सांसदले दबाब दिएको लालबाबुको खुलासा 

काठमाडौं, असार १९ –  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्।

‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होला?’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’

पूर्वमन्त्री तथा राज्य व्यवस्था समिति सदस्य जनार्दन शर्माले पनि कर्मचारीहरु सरुवा गराइदिनुपर्यो भन्दै धाउने गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker