मनाेरञ्जन
रिल लाइफमा यसरी फ्लप हुँदैछ प्रियंका र देशराजको जोडी !
काठमाडौं, असार १९- फिल्म क्षेत्रका हिट जोडी हुन् अभिनेत्री प्रियंका कार्की अनि आयुष्मान देशराज जोशी श्रेष्ठ। तर रिल लाइफ रियलझैँ कहाँ हुन्छ र? रियल लाइफमा सफल यो जोडी रिल लाइफमा भने फ्लप हुन थालेको खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।
पर्दामा यी दुबैले अभिनय गरेको फिल्म ‘प्रेमदिवस’ चलिरहेको छ। तर, दर्शकलाई पत्तै छैन। बालै दिएका छैनन्, यी दुईको फिल्मलाई दर्शकले । फिल्मको चर्चा कतै सुनिँदैन। दर्शकलाई हलसम्म तान्न यी दुईले एकसाथ गाएको गीत पनि समावेश गरिएको थियो। दुईको आवाजले पनि दर्शकलाई हलसम्म तान्न सकेन। अब यस्तो अबस्थामा फिल्म के हिट होला र खै?