समाचारसमाज

रसुवागढी हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए

रसुवा — रसुवागढी नाका हुँदै छ महिनाको अवधिमा १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ जनवरीदेखि जुन मसान्तसम्ममा सो नाका हुँदै १३ हजार ७० पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए ।

जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक आएको तथ्यांक छ। चीन सरकारले २०७४ भदौ १४ गते रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन्।

५५ भन्दा बढी देशका पर्यटक आएका छन्। नाकाबाट करिब ७० प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् । कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker