खेलकुद

कोपा अमेरिका: चिलीलाई हराउदै पेरु फाइनलमा प्रबेश

एजेन्सी- कोपा अमेरिका अन्तर्गत बुधबार भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएसँगै ब्राजिल अब पेरुसँग भिड्ने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चिलीलाई पेरुले ३–० ले पराजित गरेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पहिलो हाफमा नै पेरुले २ गोल गर्यो ।

खेलको २१ औं मिनेटमा पेरुका इडिसन मिचेल पिरिएल्टाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछी खेलको ३८ औं मिनेटमा केरिलियोको पासमा पेरुका भिक्टर फालेर्सले गोल गरे । पहिलो हाफमा नै अग्रता दोब्बर बनाएको पेरुले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ९१ ‌औं मिनेटमा पाउलो गुरेरोले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker