मनाेरञ्जन

राधिकाले खोलिदिइन् विक्कीको प्रेम

हरलिन सेठीसँग ब्रेकअप भएपछि विक्की कौशलको नाम क्याट्रिना कैफलगायत अभिनेत्रीसँग पनि जोडिइसकेको छ । पछिल्लो समय आएको खबरअनुसार उनी मालविका मोहननसँग डेटमा छन् । मालविका २०१७ मा रिलिज भएको मजिद मजिदीको फिल्म बियोन्ड द क्लाउड्समा देखिएकी थिइन् । अहिले दुवैको सम्बन्धबारे विक्कीको मिल्ने साथी राधिका अप्टेले खुलासा गरेकी हुन् । नँया पत्रिकामा खबर छ ।

नेहा धुपियाको च्याट सोमा पुगेकी राधिकालाई सोधिएको थियो, ‘कुन अभिनेताको सम्बन्धलाई खुलेर स्वीकार गर्न चाहनुहुन्छ रु’ जवाफमा राधिकाले भनिन्, ‘म यस्ती युवती हुँ, जसको गसिपबारे सबैभन्दा पहिला थाहा पाउँछु ।

विक्की कौशल एक सुन्दर अभिनेत्रीलाई डेट गरिरहेका छन् । उनी खुब सुन्दर छिन् । उनले खुलेर आफ्नो सम्बन्धबारे बताउन आवश्यक छ ।’ राधिकाको यस कुराले मालविका मोहननसँग विक्कीको सम्बन्धलाई थप स्पष्ट पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker