मुख्य समाचारसमाचार

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु’ भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु’ भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक’ दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतक’को शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker