अन्तर्राष्ट्रिय

अमेरिकामा शक्तिशाली भूकम्प गएपछि आइपर्यो यस्तो विपत

काठमाडौं, असार २० । अमेरिकामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएसँगै आगलागी भएको छ । बिबिसकिा अनुसार अमेरिकाको क्यालिफोर्नियामा ६।४ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको बताइएको छ । बिबिसीका अनुसार लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको छ।

केन्द्रविन्दु रहेको सहरमा ठूलो क्षति भएको र अहिले उद्धार कार्य जारी राखिएको बताइएको छ । क्षतीको विबरण आइनसकेको र भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले बिबिसीसँगको कुराकानीका क्रममा बताएसँगै सबैलाइृ सचेत हुन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker