समाचार

ज्ञानेन्द्र शाहको जन्मदिनमा वीर गोर्खाली अभियानले टि – सर्ट बितरण गर्ने

काठमाडौ । ‘देश र श्रीपेच जोगाउने’ भन्ने अभियान चलाइरहेको वीर गोर्खाली अभियानले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्म दिनको अवसर पारेर पुर्व राजारानी अंकित टि(सर्ट बितरण गर्ने भएको छ । वीर गोर्खाली अभियानले पूर्व राजा ज्ञानेन्द्रको ७३ औ जन्मोत्सवको अवसर पारेर आगामी २३ गते सोमबारको दिन टिसर्ट तिरणको कार्यक्रम तय गरेको जनाएको छ ।

‘आजको आवश्यकता संबैधानिक राजसंस्था र हिन्दु अधिराज्य नेपालको पुनस्थापना’ भन्ने मूल नाराका ‘देश र श्रीपेच जोगाउने’ भन्ने अभियान चलाइरहेको वीर गोर्खाली अभियानले नारायणहिटी दरवार संग्रहालयमा टि – सर्ट बितरण गर्न लागेको आयोजकले जनाएको छ । देश र श्रीपेच जोगाउन बलिदान दिन तयार रहेको बताउदै अभियानका एक प्रमुख अभियन्ता नगेन्द्र देउजाले उपस्थित सबैलाई टिसर्ट उपलब्ध गराइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker