अर्थ खबर
लगातार सुनचाँदीको मुल्य स्थिर
काठमाडौँ, असार २० । आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य मा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ३५० मा कायम रहेको महासंघले जनाएको छ ।