हेडलाईन

केही बेर अघि गयो काठमाडौँमा भूकम्प

काठमाडौं – शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्र भएर ४।६ म्याग्निच्यूडको भूकम्प गएको हो।

लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो। भुकम्पपछि त्रासले सर्वसाधारण सडकमा निस्किएका थिए ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको  जानकारी दिनुभयो । उहाँले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker