समाचार

सुतिरहेको बेला विषालु सर्पले टोकेर विजयको मृत्यु

विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु’ भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु’ भएको हो ।मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । उनको समयमै उपचार हुन नपाउँदा मृत्यु’ भएको बताइएको छ ।

यसैबीच गएराति ९ः३० बजे रामनगर गाउँपालिका–३ स्थित एक निजी विद्यालयमा आगलागी भएको छ । स्थानिय फेकु रायले सञ्चालन गरेको मेमोरियल ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलमा अचानक आगलगी हुँदा फुसको छ र खपडाले छाएको तीन कोठाको घर पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट स्कुलसँगै रहेको रामचन्द्र रायको खपडाले छाएको घरमा समेत क्षति पुगको छ । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो ।९रासस०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker