हेडलाईन

वाग्मती नदीको जलाधार क्षेत्रमा बहाव बढ्ने, यि नदी आसपासका बासिन्दालाई सर्तक रहन गरियो आग्रह

काठमाडौँ, असार २२ । काठमाडौँ उपत्यकामा गएरातीदेखि निरन्तर वर्षाभएसँगै बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएसँगै काठमाडौँका नदीमा पानीको मात्रा ह्वात्तै बढ्न सक्ने र सतर्कता तह पार समेत गर्न सक्ने हुँदा नदी आसपासका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरिएको हो ।

देशभर मनसुन सकृय भएसँगै देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker