कोपा अमेरिका फुटबलको उपाधिमाथी ब्राजिलको कब्जा
एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि १२ वर्षपछि ब्राजिलले ब्राजिलले कब्जा गरेको छ । गएराती सम्पन्न खेलमा पेरुलाई ३९१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि चुम्न सफल भएको हो । गएरातीको खेलमा निकै नै फर्ममा रहेका ब्राजिलका खेलाडीहरु सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनका ३ गोलले ब्राजिलले उपाधि जित्न सफल भएको हो ।
खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १९० गोलको अग्रता दिलाए भने ४४औं मिनेटमा पेरुले गोल फर्काएपछि खेल बराबरी हुँदै रोमाञ्चक मोडमा प्रवेश गर्यो पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २९१ गोलको अग्रता दिलाए । त्यस्तै खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुगेपनि खेलको ९० औं मिनेटमा रिचार्लिसनले पनि आर्कषक गोल गरेर ब्राजिललाई ३९१ गोलको जित दिलाए ।