मनाेरञ्जन

बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को पहिलो गीतमा यस्ता देखिए

एजेन्सी-बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ‘साइको सैयाँ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतमा बहुबली स्टार प्रभास र श्रद्धा कपूरको डान्स गरेका छन् । गीतमा संगीत तनिष्क बागचीको रहेको छ  भने स्वर
सचेत टनडन र ध्वनी भानुशालीको रहेको छ ।

यो गीतमा प्रभास र श्रद्धाको जोडीलाई निकै रुचाइएको छ । फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई सुजितले निर्देशन गरेका छन् । फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त १५ देखि रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker