हेडलाईन

विप्लव नेता पौडेलेको मृत्युपछि यसरी अप्ठ्यारोमा परे गृहमन्त्री थापा

काठमाडौं, २४ असार । प्रतिनिधि सभाको मंगलबारको बैठक सूचना टाँस गरी भोलि १ बजेसम्मका लागि सारिएको छ । आज बसेको पहिलो बैठकमा सर्लाही घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापाले सदनलाई दिएको जवाफ चित्त बुझ्दो नभएको तथा कुमार पौडेलेको मृत्यु सम्बन्धमा संसदीय छानविन समिति मार्फत छानविन हुनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत प्रतिपक्षी दल राजपाले बैठक अबरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद चल्न नदिए पछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । १५ मिनेटका लागि बैठक स्थगित गरी सभामुख महराले संसद भवन नयाँ बानेश्वरमै सबै दलका प्रमुख सचेतकहरुसँग सदन सुचारु गर्ने विषयमा छलफल गरे तापनि दलहरुबीच कुरा मिल्न नसकेपछि सूचना टाँस गरी बैठक भोलिसम्मका लागि सारिएको हो ।

गत प्रतिनिधि सभाको बैठक मार्फत प्राप्त निर्देशन अनसार गृहन्त्री थापाले आज सर्लाहीका विभिन्न तीन घटनाका विषयमा सदनलाई जवाफ दिएका थिए । उनले विपल्व समूहका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको मृत्यु, पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको विषय र सोही घटनालाई लिएर राजमार्गमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि अर्का एकजनाको मृत्यु भएको विषयमा सदनलाई जवाफ दिएका थिए । गृहमन्त्री थापाले मुलुकको शान्ति सुरक्षा कायम गरी जनताको जीऊ धनको रक्षार्थ काम गर्दा नै सर्लाही घटना भएको जवाफ दिएका थिए ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker