समाज

आमाले भैंसी बेचेपछि छोराले लखेटी-लखेटी आमाको ज्यान लिए

[mashshare]

वीरगन्ज । पर्सामा एक युवकले आफूसँग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको ज्यान लिएका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको ज्यान लिएका हुन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी ज्यान लिएका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको ज्यान लिएको प्रहरीले जनाएको छ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर ज्यान लिएको प्रत्यक्षदर्शीले बताएका छन्। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker