हेडलाईन
भोजपुरमा प्रहरी र विप्लव समूहबीच झडप, दुई जनाको ज्यान गयो
काठमाडौं । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भोजपुरमा गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीकमा अनुसार मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन् ।
भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि दोहोरो भिडन्त भएको प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए। बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए।
अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । झडप बुधबारे हटियामा भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए।