मनाेरञ्जन

छविले कानको जाली फुट्ने गरी शिल्पलाई कुटेपछि प्रहरीकहाँ पुगीन् शिल्पा

काठमाडौँ । चर्चित नायिका शिल्पा पोखरेललाई चलचित्र निर्माता छविराज ओझाले कानको जाली फुट्नेगरी कुटेका छन् । छविले कुटेर कानको जाली नै फुटाइदिएको आरोप लगाउँदै शिल्पाले श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी छिन् । छविले कुटपिट गरेपछि उनी आफुले दाई मान्दै आएका चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा गएर आराम गरिरहेकी छिन् ।

२०७३ सालमा गोप्य रुपमा निर्माता ओझासँग विवाह गरेकी शिल्पाले घरेलु हिंसाको उजुरी दर्ता गराई श्रीमानले हातपात गर्दा आफ्नो कानको जाली फुटेको उल्लेख गरेपछि घटना सार्वजनिक भएको हो । नायिका शिल्पाले पतिबाट असुरक्षीत भएको भन्दै घरेलु हिंसाको उजुरी दर्ता गराएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले हिमाल न्यूजलाई जानकारी दिए । अभिनेत्री रेखा थापासँग डिभोर्स पछि छवि र शिल्पा नजिक भएका थिए। शिल्पा छवीकी चौथी श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker